ad ad

राजनीति


बंगलादशेका विद्यार्थीको अवस्थाबारे संसद्लाई जानकारी गराइयोस् : सांसद झा

बंगलादशेका विद्यार्थीको अवस्थाबारे संसद्लाई जानकारी गराइयोस् : सांसद झा

नेपालखबर
साउन ८, २०८१ मंगलबार १४:१५, काठमाडौँ

प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बंगलादेशमा सरकारी आरक्षण कोटाको विरोधमा भएको आन्दोलनमा नेपाली विद्यार्थीको अवस्थाबारे तत्काल संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले त्यहाँ हिंसात्मक आन्दोलन भएको र नेपालीहरु सुरक्षित अवस्थामा रहेपनि त्यसबारे सरकारले संसदलाई विस्तृत जानकारी गराउनुपर्ने बताए।

‘केही दिन अगाडि बंगलादेशमा त्यहाँ आरक्षण सम्बन्धि विषयको विवाद अन्तरगत केही विरोधहरु भयो र त्यसले आक्रमक रुपमा आन्दोलनको रुप पनि लियो। लगभग १५० जना भन्दा धेरैको मृत्यु भयो। नेपालबाट त्यहाँ अध्ययनका लागि गएका धेरै नेपाली विद्यार्थीहरु आपतकालिन अवस्थामा त्यहाँबाट फर्किए। धन्न अहिलेसम्म कुनै पनि नेपालीले ज्यान गुमाउनु परेन,’ सांसद झाले भने।

सांसद झाले बंगलादेशमा नेपाली विद्यार्थीहरु धेरै अध्ययनका लागि गएकाले उनीहरुले त्यो हिंसात्मक घटनापछि पीडा भोग्नुपरेकाले सरकारले त्यसबारे सदनलाई जानकारी गराउने र उनीहरुको पीडालाई सम्बोधन गर्नुपर्ने बताए।

‘तर पनि त्यस्तो जटिल अवस्था, परिस्थिति कस्तो छ, त्यो सबै परिस्थितिको बारेमा आधिकारिक रुपमा परराष्ट्र मन्त्रालयले सदनमा आएर जानकारी गराउनुपर्ने हो। त्यो जानकारी अहिलेसम्म भएको छैन। तसर्थ त्यो जानकारी उपलब्ध गराईदिनका लागि सम्बन्धित मन्त्रालयलाई सभामुखमार्फत अनुरोध गर्न चाहन्छु,’ उनले भने।

बंगलादेशमा भएको सो हिंसात्मक घटनापछि १२ सय भन्दा बढी नेपाली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयको दाबी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .