ad ad

राजनीति


माओवादी केन्द्रको निर्णय : प्रधानमन्त्रीको विपक्षमा मतदान, सशक्त प्रतिपक्षी बन्ने

माओवादी केन्द्रको निर्णय : प्रधानमन्त्रीको विपक्षमा मतदान, सशक्त प्रतिपक्षी बन्ने

फाइल तस्बिर


नेपालखबर
साउन ६, २०८१ आइतबार १३:१८, काठमाडौँ

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। 

आइतबार सिंहदरबास्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा निर्णय गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। 

त्यस्तै, पार्टीले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय पनि गरेको छ। 

‘मुख्यतः आज विश्वासको मतमा विपक्षमा मतदान गर्ने भन्ने भएको छ। सबै सुझावलाई लिएर सशक्त रुपमा प्रमुख विपक्षी दलको तर्फबाट सदनमा प्रस्तुत हुने निर्णय भएको छ,’ उनले भने। 

प्रधानमन्त्री ओलीले आज केहीबेरपछि संसद्बाट विश्वासको मत लिँदैछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .