ad ad

राजनीति


उपसभामुखबाट देशकै अपमान भयो, छानबिन हुनुपर्छ : कांग्रेस सांसद खतिवडा

उपसभामुखबाट देशकै अपमान भयो, छानबिन हुनुपर्छ : कांग्रेस सांसद खतिवडा

तस्बिर : सरोज नेपाल


नेपालखबर
साउन ६, २०८१ आइतबार १३:२५, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले उपसभामुख इन्दिरा रानामाथि छानबिन सुरु गर्नुपर्ने बताएका छन्। 

आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले भने, ‘यो संसद्को मात्रै होइन देशको अपमान भयो। यसमा छानबिन हुनुपर्छ।’

उनले उपसभामुखलाई प्रतिरक्षाको तुरुप देखाएर जग नहसाइ संसद् बाहिर बस्न आग्रह गरे। 

‘प्रतिरक्षाको तुरुप देखाएर जग हसाउनु भन्दा संसद्‌भन्दा बाहिर बसेर छानबिनका लागि सहयोग गर्नुपर्छ,’ खतिवडाले भने। 

साथै, उनले उपसभामुखले संसद्को कमाण्ड सुहाउँछ कि सुहाउँदैन? भन्दै प्रश्न गरे। 

‘उपसभामुखले अब संसद्को कमाण्ड गर्न सुहाउँछ कि सुहाउँदैन? संसद्मा कुनै पनि पत्र प्राप्त भयो भने, सभामुख महोदयले तोक लगाएर महासचिवकोमा जाने। महासचिवले अन्तर्राष्ट्रिय महाशाखामा पठाउने, त्यहाँको उपसचिवले टिप्पणी उठाउने, सहसचिवले सदर गर्ने त्यो भन्दा माथि महासचिवले सदर गरेर परराष्ट्र मन्त्रालयलाई पठाउने थाहा पाएका छौँ,’ उनले भने, ‘तर, यहाँ कसैलाई पनि थाहा नदिइ, चिन्दै नचिनेका, संसद्सँग साइनो नभएका, उपसभामुखसँग पनि एक जनाको मात्रै चिनजान भएको मान्छेको सिफारिस भएको छ। यो कसले के प्रयोजनका लागि भएको हो?’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .