ad ad

राजनीति


प्रतिनिधिसभाबाट आज ओलीले विश्वासको मत लिने

प्रधामन्त्रीलाई कुन-कुन दलले दिँदैछन् विश्वासको मत?
प्रतिनिधिसभाबाट आज ओलीले विश्वासको मत लिने

फाइल तस्बिर


नेपालखबर
साउन ६, २०८१ आइतबार ७:६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिँदैछन्।

आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने संसद् सचिवालयले जनाएको छ। 

एमाले संसदीय दलका नेता ओली गएको असार ३० गते कांग्रेससहितका दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

असार २८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले संसद्‍मा पेश गरेको विश्वासको मत बहुमत सांसदले अस्वीकृत गरेका थिए। प्रचण्डले माओवादी केन्द्र, एकीकृत समाजवादी र रास्वपाको मात्रै ६३ मत पाएका थिए। उनको विपक्षमा १९४ मत परेको थियो।

प्रधानमन्त्रीले आज संसदबाट झण्डै दुई तिहाइ मत पाउने सम्भावना रहेकाे एमाले प्रमुख सचेतक महेश बर्तौलाले दाबी गरे। उनलाई कांग्रेस, एमाले, जसपा, लोसपा, जसपा नेपाल, नागरिक उन्मुक्तिसहितका दलले मत दिने तयारी गरेका छन्। 

‘दुई स्वतन्त्र सांसदले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्भावना छ,’ उनले नेपालखबरसँग भने, ‘प्रधानमन्त्रीले झण्डै १९० को हाराहारीमा मत पाउनु हुन्छ। केही दलसँग हामी विश्वासकाे मतकाे लागि छलफलमै छाैँ।’

उनको विपक्षमा माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, राप्रपालगायत दलले मतदान गर्ने तयारी गरेका छन्। 

आज ओलीले कांग्रेसका ८८, नेकपा एमालेको ७८, अशोक राई नेतृत्वको जसपाका ७, जनमतका पार्टी ६, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालकाे ५, लोसपाकाे ४, नागरिक उन्मुक्ति पार्टीकाे ४, स्वतन्त्र २ गरी १९४ मत पाउने सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .