ad ad

राजनीति


घनश्याम भुसाल भन्छन्– कांग्रेस र एमाले मिलेर माओवादीलाई घुस खान सिकाए

घनश्याम भुसाल भन्छन्– कांग्रेस र एमाले मिलेर माओवादीलाई घुस खान सिकाए

नेपालखबर
साउन ५, २०८१ शनिबार १५:२३, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालका प्रमुख दलहरू एकपछि अर्कोले घुस खान सिकाउँदै जाने परम्परा बसेको टिप्पणी गरेका छन्। 

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महासचिव भुसालले राजाबाट नेपाली कांग्रेसले र काग्रेसबाट नेकपा एमालेले घुस खास सिकेको बताए। 

दलहरूले सिक्न नपर्ने कुरा धेरै सिकेको प्रसंग निकाल्दै महासचिव भुसालले कांग्रेस र एमाले दुवै मिलेर नेकपा माओवादी केन्द्रलाई पनि घुस लिन सिकाएको दाबी गरे। 

‘हामीले घुस खान कसरी सिक्यौँ भन्दा राजाले कसरी सिके त्यो परम्परामा सिके। अन्तबाट पनि सिके होलान्। कांग्रेसले राजाबाट सिक्यो संस्थागत रुपमा भन्ने लाग्छ मलाई। हामी एमाले भएर कांग्रेसबाट सिक्यौँ,’ भुसालले अघि भने, ‘उनीहरूसँग संगत बढ्दै जाँदा हामीले सिक्यौँ। कांग्रेस र एमाले मिलेर माओवादीलाई घुस खान सिकायौँ। हामीले आफू जस्तै बनायौँ।’

उनले दलहरूले जनताको बहुदलीय जनवाद भन्दै राज्य दोहनको काम गरेको आरोप पनि लगाएका छन्।

‘यो मुलुकले किन दुःख पायो भन्दा यसरी नसिक्नु पर्ने कुरा सिक्यौँ। जनताको बहुदलीय जनवाद भन्यौँ । काम राज्य दोहनकै गर्‍यौँ,’ भुसालले भने। 

माओवादी केन्द्रले २०६२÷०६३ मा जनवादी क्रान्ति दाबी गर्नुपर्ने भएपनि नसकेको उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .