ad ad

राजनीति


संविधान संशोधनको चर्चाले तराई तरंगित

संविधान संशोधनको चर्चाले तराई तरंगित

नेपालखबर
साउन ४, २०८१ शुक्रबार १६:४२, काठमाडौँ

नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको नयाँ सत्तासमीकरणका साथै संविधान संशोधनको चर्चाले तराई तरंगित बनेको छ।

संसदका दुई ठूला राजनीतिक दलको गठबन्धनलाई मधेसकेन्द्रित दलहरू जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीहरूले समर्थन गरेको देखिए पनि त्यसबाहेकका मधेस केन्द्रित अन्य दलहरु दुई दलको मोर्चाविरुद्ध मोर्चाबन्दी गर्न थालेका हुन्।

तराई–मधेस लोकतान्त्रिक पार्टी, माओवादीका नेताहरू सम्मिलत मधेसी राष्ट्रिय मुक्ति मोर्चा, नेकपा (एकीकृत समाजवादी) र नेपाल सद्भावना पार्टीले ठूला दलको विरोधमा ‘संयुक्त मधेस संघर्ष समिति’ गठन गर्दै विभिन्न कार्यक्रमको घोषणा समेत गरेका छन्।

संविधान सभा सदस्य तथा नेकपा एसका नेता शीतल झाको नेतृत्वमा गठन गरिएको मोर्चामा अन्य दलहरूलाई पनि विस्तारै ल्याउने तयारी छ।

प्रतिनिधि सभाबाट समानुपातिक प्रतिनिधित्व हटाउने, राष्ट्रिय सभाको स्वरुप र भूमिका बदल्ने लगायतका विषयमा नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनको तयारी गरेको मोर्चाको आरोप छ।

जनकपुरधामको जिल्ला समन्वय समितिको सभाहलमा शुक्रबार पत्रकार सम्मेलन गर्दै झाले राज्यका हरेक अंगमा समावेशिताको सुनिश्चितता एवं समावेशी प्रतिनिधित्वका लागि पूर्ण समानुपातिक निर्वाचन पद्धति, प्रदेशहरूको सीमाकंनमा पहिचान आधारित सुधार नवगठित संयुक्त मधेस संघर्ष समितिले सबै पहिचानवादी संघीयतावादीलाई गोलबन्द हुन अपिल गर्दै आगामी साउन २६ गते जनकपुरधाममा वृहत् अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .