ad ad

राजनीति


वैज्ञानिक प्रणालीबाट बस्ती बसाउन नसक्दा विपद्जन्य क्षति बढ्यो : सांसद शेर्पा

वैज्ञानिक प्रणालीबाट बस्ती बसाउन नसक्दा विपद्जन्य क्षति बढ्यो : सांसद शेर्पा

नेपालखबर
साउन ४, २०८१ शुक्रबार १४:१९, काठमाडौँ

राष्ट्रिय सभामा नेकपा एमालेका सांसद सोनाम गेल्जेन शेर्पाले विकासका संरचनालाई वैज्ञानिकरण गर्न नसक्दा नेपालले विपद्जन्य क्षति बढी व्यहोरिरहेको बताएका छन्।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले विपद् व्यवस्थापनमा वैज्ञानिक प्रणाली अपनाउन नसकिएको बताए।

‘हामीले ठूलो क्षति व्यहोरिसकेका छौँ। यो देशको लागि पनि ठूलो क्षति हो। विपद् व्यवस्थापनमा हामीले वैज्ञानिक प्रणालीबाट बस्ती बसाउन सकेनौँ। त्यसकारण पनि धेरै क्षति भयो। विकासका संरचनालाई पनि वैज्ञानिकरण गर्न सकेनौँ। विकासमा नाममा हामीले डोजर लगाएर जहाँ पायो त्यहीँ काम ग¥यौँ। सरकारले यसतर्फ ध्यान दिनुपर्छ,’ सांसद शेर्पाले भने।

देशले अहिले बाढी, पहिरो लगायतका विपद्जन्य घटना व्यहोरिरहेको उल्लेख गर्दै उनले बाढी, पहिरो लगायत विपद्मा परी साउन ३ गते दिउँसोसम्म १२५ जनाको मृत्यु भएको जानकारी गराए। 

जसअन्तर्गत कोशीमा २२, मधेसमा ५, बागमतीमा २२, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा ७ जना र सुदूरपश्चिममा २ जनाको मृत्यु भएको उनले जानकारी गराए। 

‘देश अहिले अलिकति बाढी, पहिरो जोखिमयुक्त कारणले देशले क्षति व्यहोरिरहेको छ। बाढी, पहिरो लगायत विपद्मा परी साउन ३ गते दिउँसोसम्म १२५ जनाको मृत्यु भएको छ। कोशीमा २२, मधेसमा ५, वागमतीमा २२, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा ७ जना र सुदूरपश्चिममा २ जनाको मृत्यु भएको छ,’ उनले भने।

गृह मन्त्रालयको आपत्कालीन कार्य सञ्चालन केन्द्रकाअनुसार ५३ जना बेपत्ता रहेको पनि उनले बताए। 

‘गृह मन्त्रालयको आपत्कालीन कार्य सञ्चालन केन्द्रकाअनुसार ५३ जना बेपत्ता छन्, चितवनको भरतपुर, २९ सिमलटारमा लेदोसहितको पहिरोले २ वटा बस बगाउँदा दुई वटा बसको यात्रुमध्ये साउन ३ गतेसम्म २० जनाको शव फेला परेको छ,’ शेर्पाले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .