ad ad

राजनीति


खेल क्षेत्रका विकृति र विसंगतिलाई अन्त्य गर्ने खेलकुदमन्त्रीको प्रतिबद्धता

खेल क्षेत्रका विकृति र विसंगतिलाई अन्त्य गर्ने खेलकुदमन्त्रीको प्रतिबद्धता

नेपालखबर
साउन ३, २०८१ बिहिबार १६:४९, काठमाडौँ

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रका विकृति, र विसंगतिलाई अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन्।

बिहीबार राष्ट्रिय खेलकुद परिषद्ले गरेको बधाई कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन्। मन्त्रालय मातहतका निकायहरूलाई सुशासनमा ध्यान दिएर काम गर्न निर्देशन दिँदै मन्त्री चौधरीले आफ्नो एउटै चाहना राम्रो काम गर्ने भएको पनि बताए।

‘हाम्रो यो कार्यकालमा तपाईंहरु ढुक्क भएर राम्रो काम गर्नुस्। यहाँका विकृति, र विसंगतिलाई अन्त्य गर्ने प्रतिवद्धता छ। सुशासनमा ध्यान दिन आग्रह गर्दछु। हाम्रो एउटै चाहना छ, काम गर्नुस्, राम्रो काम होस्। सुशासन कायम होस्,’ मन्त्री चौधरीले भने, ‘ऐन, कानुनहरूको परिपालना गर्न सक्नुभएन भने ढिलो चाँडो आफूलाई नै अफ्ठ्यारो हुन्छ। बेरुजुको चाङ छ। अस्तिमात्रै बेरुजु हेर्दा ८५ प्रतिशत थियो। कागज मिलेको छैन भने कागज मिलाइदिनुस्। साथी भाइले केही रकम तिर्नु छ भने तिर्दिनुस्। छैन भने दिल खोलेर हिँड्नुस्। यहाँका बेरुजुको विषयमा सार्वजनिक लेखा समितिमा आउँछ।’

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव १९ औं एसियाली खेलकुद सकिए लगत्तै २० औँ एसियाली खेलकुदको लागि मिसन २०२६ भनेर अघि बढाएको बताए। 

अहिले १० खेलको १२२ जना खेलाडी र १० वटा खेलका २० जना प्रशिक्षक रहेका र विशेष प्रशिक्षणमा व्यवस्थित रुपमा अघि बढाएको जिकिर गरे। 

उनले नेपाली खेलकुदले अहिलेसम्म स्वर्ण पदक प्राप्त नगरेको भन्दै स्वर्ण पदकसहित दोहोरो अंकको पदक प्राप्त गर्ने लक्ष्य राखेर काम गरिरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .