ad ad

राजनीति


उपप्रधानमन्त्री सिंह र चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेट (भिडिओ)

उपप्रधानमन्त्री सिंह र चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेट (भिडिओ)

नेपालखबर
साउन ३, २०८१ बिहिबार १५:४१, काठमाडौँ

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच शिष्टाचार भेटवार्ता भएको छ।

बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री सिंह र राजदूत सोङबीच भेटवर्ता भएको हो।

भेटमा चीनका तर्फबाट राजदूतले उपप्रधान एवं शहरी विकासमन्त्री सिंहलाई बधाईसहित कार्यकाल सफलताको शुभकामना दिएका छन्।

नेपाल र चीन बीचमा शहरी विकासको क्षेत्रमा सहकार्यका बारेमा पनि छलफल भएको छ।

चीनले रुकुम र जाजरकोटमा गत वर्ष गएको भूकम्पपछिको पुनःनिर्माणमा सघाउन तयार रहेको राजदूत सङलेले बताएका थिए। 

भेटमा उपप्रधानमन्त्री सिंहले दुवै देशबीचको सम्बन्ध विस्तार गर्दै नेपाललाई अझै बढी सहयोग गर्न आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .