ad ad

राजनीति


रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरू छन् : ऊर्जामन्त्री खड्का

रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरू छन् : ऊर्जामन्त्री खड्का

नेपालखबर
साउन ३, २०८१ बिहिबार १५:१४, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले देशका रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरू भएको बताएका छन्।

बिहीबार ६२औँ इन्जिनियर दिवसको अवसरमा आयोजिक कार्यक्रममा बोल्दै मन्त्री खड्काले देशमा रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरू रहेको बताएका हुन्। 

सरकार रोजगारी सिर्जना गर्नका लागि दत्तचित्त भएर लागेको बताउँदै उनले १० हजार मेघावाट विद्युत भारतलाई बिक्री गर्न लागेको पनि जानकारी समेत दिए। 

त्यस्तै केही दिनपछि बंगलादेशसँग ४० मेघावाट विद्युत खरिद–बिक्रीको सम्झौता हुने उनको भनाइ थियो। 

‘हामीसँग रोजगार सिर्जना गर्नलाई प्रशस्त ठाउँहरू छ। हामी त्यतापट्टी कार्य गर्न उन्मुख छौँ। अहिलेको सरकार यस कार्यमा दत्तचित्त छ। हामी १० हजार मेघावाट विद्युत भारतलाई बिक्री गर्दैछौँ। आउने २८ तारिख बंगलादेशसँग ४० मेघावाट विद्युत खरिद बिक्रीको सम्झौता गर्दैछौँ,’ उनले भने, ‘मलाई लाग्छ हामी यसलाई डबलका हिसाबमा बिक्रि गर्नसक्छौँ। तर हामीसँग ३ हजार २०० मेघावाट मात्रै विद्युत उपलब्ध छ। प्रोजेक्टमा इन्जिनियर साथीहरु इन्चार्ज भएर जाने। दुई चार महिना काम गर्ने। अर्को प्रोजेक्टले सुविधा बढी दिए छोडेर हिँडिदिने र त्यो प्रोजेक्ट अलपत्र पर्ने। यो समस्या छ। कन्ट्रक्शनमा काम गर्ने साथीहरु द्विपक्षिय र त्रिपक्षिय सम्झौता गरेर काम गर्नुस्। अधिकारका कुराहरु पनि राख्नुस्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .