ad ad

राजनीति


फ्रान्सेली अखबारले व्यंग्य कस्दै लेख्यो–नेपाल राजनीतिक अस्थिरताको विश्वविजेता

फ्रान्सेली अखबारले व्यंग्य कस्दै लेख्यो–नेपाल राजनीतिक अस्थिरताको विश्वविजेता

फाइल तस्बिर


नेपालखबर
साउन २, २०८१ बुधबार १८:२२, काठमाडौँ

नेपालको राजनीतिमाथि व्यंग्य कस्दै फ्रान्सेली अखबार ‘ली मोन्ड’ले नेपाल राजनीतिक अस्थिरताको ओलम्पिक खेलमा विश्वविजेता भएको टिप्पणी गरेको छ। मंगलबार प्रकाशित अंकमा अखबारले लेखेको छ, ‘राजनीतिक अस्थिरतावाला ओलम्पिक खेलमा नेपाल  शीर्ष स्थानमा रहिराखेको छ।’

उक्त अखबारले नेपालको पछिल्लो राजनीतिक परिवर्तनको चर्चा गरेको छ। ‘नेपालको पछिल्लो इतिहासमा जति धेरै चिज परिर्वतन भएका छन्, त्यति नै उस्तै पनि छन्,’ अखबारले लेखको छ। अखबारले नेपाली राजनीतिमा नेताहरूबीच गठबन्धन, प्रतिगठबन्धन, उलटफेर र विश्वासघातको संख्या अचम्म लाग्दो रहेको टिप्पणी गरेको छ। 

‘उदाहरणका लागि कम्युनिष्टले कहिलेकाहीँ अति राजतन्त्रवादी पार्टीसँग गठबन्धन गरेका छन्, यद्यपि उनीहरू वर्षौंदेखि सबैभन्दा ठूलो शुत्र थिए,’ अखबारले लेखेको छ, ‘अर्कोतर्फ पूर्वप्रधानमन्त्री दाहालको माओवादीले लामो समयदेखि शक्तिमा रहँदै आएको, वर्षौंदेखिको कट्टरबिरोधी मध्यपन्थी नेपाली कांग्रेससँग गठबन्धन गरेको छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .