ad ad

राजनीति


धर्मेन्द्र बास्तोलाले गरे वैद्यसँगको एकता भंग भएको घोषणा

धर्मेन्द्र बास्तोलाले गरे वैद्यसँगको एकता भंग भएको घोषणा

नेपालखबर
साउन १, २०८१ मंगलबार २०:४१, काठमाडौँ

मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी फुटेको छ।

पार्टीका सहसंयोजक धर्मेन्द्र बास्तोला कञ्चनले पार्टी एकता भंग भएको घोषणा गरेका हुन्।

मंगलबार विज्ञप्ति प्रकाशित गरी बास्तोलाले आफू नेतृत्वको नेकपा (बहुमत) ब्युँताएका हुन्।

दुई वर्षअघि नेत्रविक्रम चन्द विप्लवबाट अलग भएका बास्तोलाले अघिल्लो वर्षमात्रै वैद्यसँग पार्टी एकता गरेका थिए।

गत वर्षको २०८० वैशाख १८ गते वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र बास्तोल नेतृत्वको नेकपा बहुमतले पार्टी एकता गरेर क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल बनाएका थिए।

मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) बाट अलग भएको अर्को समूह पनि उक्त पार्टीमा समाहित भएको थियो।

बास्तोलाले ‘समय र विषयको संवेदनशीलतालाई मध्येनजर गरेर आजैका मितिबाट एकता प्रक्रिया भंग भएको घोषणा गर्न बाध्य भएको’ विज्ञप्तिमा उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .