प्रदेश १ मुख्यमन्त्री शेरधन राईविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा परेको छ।
मुख्यमन्त्री राईविरुद्ध शुक्रबार दोलखाकी बालिका खड्काले नाता कायम गराइ अंश दिलाई पाऊँ भन्दै मुद्दा दायर गरेकी हुन्।
उनले शेरधन राई आफ्ना पति भएको दावी गर्दै नाता कायम गराई अंश दिलाइदिन माग गर्दै मुद्दा दायर गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्दराज श्रेष्ठले जानकारी दिए।
मुद्दामा खड्काले मुख्यमन्त्री राईसँग आफ्नो २०७१ देखि सम्बनध रहेको र उनी सञ्चारमन्त्री हुँदा आफूलाई काठमाडौँको गोल्फुटारमा कोठा लिइ राखेको उल्लेख गरेकी छन्।
खड्काले यसअसिध नै मुख्यमन्त्री राईसँग आफ्नो सम्बनध रहेको बताउँदै आएकी थिइन्। उनले राईलाई भेटन खोजे पनि वेवास्था गरेका कारण मुद्दा दर्ता गर्नुपरेको प्रतिक्रिया दिएकी छन्।
खड्का तत्कालीन एमालेको विद्यार्थी संगठनकी नेतृ समेत हुन्। उनले विद्यार्थी राजनीतिमा सक्रिय रहेकै बेला राईसँग आफ्नो हिमचिम बढेको र आफूहरु केही समय सँगै बसेको आरोप लगाउँदै आएकी थिइन्।
Shares
प्रतिक्रिया