ad ad

राजनीति


कर्मचारीको धर्ना सकिएपछि कृषिमन्त्रीले गरे पदभार ग्रहण (तस्बिर)

कर्मचारीको धर्ना सकिएपछि कृषिमन्त्रीले गरे पदभार ग्रहण (तस्बिर)

सरोज बैजु
असार ३१, २०८१ सोमबार १६:३५, काठमाडौँ

नवनियुक्त कृषिमन्त्री रामनाथ अधिकारीले पदभार ग्रहण गरेका छन्। सोमबार उनले सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्। 

यसअघि आजै केहीबेरअघि पदभारका लागि मन्त्रालय पुगेपछि उनी छिर्न पाएका थिएनन्। 

कर्मचारीको आन्दोलनका कारण भित्र छिर्न नपाएपछि उनी केहीबेर क्यान्टिनमा बसेर फर्किएका थिए। 

लगत्तै कर्मचारीको आन्दोलन सकिएपछि मन्त्री अधिकारीले पदभार ग्रहण गरेका हुन्। 

कृषि मन्त्रालयको गेटमा मूलगेटमै धर्ना बसेका राजपत्रांकित तेस्रो श्रेणाीका प्राविधिकले धर्ना गरिरहेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .