ad ad

राजनीति


कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, शेखर समूहलाई ४ जना (सूचीसहित)

कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, शेखर समूहलाई ४ जना (सूचीसहित)

सागर न्यौपाने
असार ३०, २०८१ आइतबार २१:३१, काठमाडौँ

नेपाली कांग्रेसले आफ्नो भागमा परेका मन्त्रालयका लागि प्रस्तावित मन्त्रीको नाम नाम टुंगो लगाएको छ।

९ जनाको नाम टुंगो लाग्दा शेखर कोइराला र गगन थापा नेतृत्वको समूहलाई ४ जनाको कोटा दिइएको छ। यस हिसाबले संस्थापन र इतर समूहबीच ५५ र ४५ प्रतिशतको भागबण्डा भएको देखिन्छ।

कांग्रेसको भागमा गृह, रक्षा, ऊर्जा, स्वास्थ्य, सहरी विकास, पर्यटन, कानुन, परराष्ट्र र वन मन्त्रालय परेका छन्।

काठमाडौं १ बाट निर्वाचित सांसद प्रकाशमान सिंहले उपप्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्नेछन्। उनले ऊर्जा वा रक्षा मन्त्रालयको विभागीय जिम्मेवारी पनि पाउनेछन्।

गृह मन्त्रालयमा रमेश लेखक, परराष्ट्रमा आरजु देउवा, वन वा कानुन मन्त्रालयमा अजय चौरसिया र सहरी विकासमा किशोरसिंह राठौरको नाम तय भएको छ। यी सबै संस्थापन समूहका हुन्।

यस्तै शेखर समूहको मन्त्री बन्ने चार जनामा स्वास्थ्यमा प्रदीप पौडेल, पर्यटनमा रामनाथ अधिकारी, कानुन वा कुनै एकमा हृदयराम थानी र ऊर्जा वा अर्को कुनै मन्त्रालयमा तेजुलाल चौधरीको नाम तय भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री नियुक्त भइसकेका छन्। उनले सोमबार शपथ लिँदैछन्। उनीसँगै कांग्रेस र एमालेबाट मन्त्रीको पनि टुंगो लगाइएको छ।

आइतबार (असार ३०) साँझ नाम टुंगो लगाउन सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य शेखर कोइरालाबीच छलफल भएको थियो।

देउवासँग छलफलमा जानुअघि शेखर-गगन समूहका नेताहरूले छुट्टै छलफल गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .