राजनीति


झुठा आरोप लगाएको भन्दै गोकुल बाँस्कोटा पुगे अदालत

झुठा आरोप लगाएको भन्दै गोकुल बाँस्कोटा पुगे अदालत

नेपालखबर
फागुन १६, २०७६ शुक्रबार ९:१२,

कमिसन प्रकरणमा नैतिकताको प्रश्न उठेपछि सञ्चार मन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटा अदालत पुगेका छन्।

बाँस्कोटाले कमिसन डिल गरेको दाबी गर्दै अडियो सार्वजनिक गर्ने विजय प्रकाश मिश्रविरुद्ध मुद्दा दायर गरेका हुन्

बाँस्कोटाले आफुमाथि भ्रष्टाचारको झुठा आरोप लगाइएको भन्दै शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्।

बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको भनिएको अडियो टेप बाहिरिएपछि पदबाट राजीनामा दिएका थिए।

Gokulkul

‘म माथि झुठा आरोप लगाइयो, नैतिकताको प्रश्न पनि उठाइएपछि अदालत गएको हुँ’, बाँस्कोटाले नेपालखबरसँग भने, ‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालि बेइज्जती विरूद्ध मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत काठमाडौंमा न्याय माग गर्दै मुद्दा दायर गरेको सबैमा जानकारी गराउन चाहन्छु।’

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेकपाको बागमती प्रदेशसभाको प्रशिक्षण कार्यक्रममा ‘बाँस्कोटाले कमिसन मागेको कुनै प्रमाण नभएको’ भन्दै बचाउ गरेको भोलिपल्ट नै बाँस्कोटा अदालत पुगेका हुन्।

यो पनि:
टेप बाँस्कोटाकै हो भन्ने प्रमाण छैनः प्रधानमन्त्री ओली

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad