ad ad

राजनीति


अहिलेकै व्यवस्थालाई लोकतन्त्र मान्ने हो भने त्यसलाई थुक्छु : प्रभु साह

अहिलेकै व्यवस्थालाई लोकतन्त्र मान्ने हो भने त्यसलाई थुक्छु : प्रभु साह

नेपालखबर
असार २८, २०८१ शुक्रबार १६:२९, काठमाडौँ

आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा सांसद प्रभु साहले अहिलेको लोकतन्त्रले जनादेशको सम्मान नगरेको भन्दै संसद्को रोष्ट्रमबाट थुकेका छन्। 

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मागेको विश्वासको मतमाथिको छलफलमा भाग लिँदै उनले अहिलेकै व्यवस्थालाई लोकतन्त्र मान्ने हो भने त्यसलाई आफूले थुक्ने बताए। 

‘जनताप्रतिको जवाफदेहीता हो कि होइन? जनता तपाईंहरूले निशर्त जित्नुभएको छ कि वाचासहित? प्रतिवद्धता र घोषणापत्र देखाएर आउने, अनि जे पनि मन लागेको गर्ने? तपाईंको कुरा मानेन भने पदबाट निकाल्दिनुहुन्छ,’ साहले भने, ‘अनि तपाईंले जनताको कुरा नमान्दा केही गर्नु पर्दैन? नैतिकता भन्ने चिज हुन्छ कि हुँदैन? जनतामा लोकतन्त्र हो भने, यही सिस्टमलाई म थुक्छु। म यसलाई लोकतन्त्र मान्दिँन।’

अहिलेका नेताहरूले जनताको जनादेशमाथि खेलवाड गरेको बताए। ‘जनादेशको सम्मान नहुने लोकतन्त्र होइन। तपाईंहरू जनादेश र लोकतन्त्रप्रति खेलवाड गर्दै हुनुहन्छ,’ साहले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .