ad ad

राजनीति


पटकपटक सरकार बन्ने परिपाटी अन्त्य हुनुपर्छ : प्रेम सुवाल

पटकपटक सरकार बन्ने परिपाटी अन्त्य हुनुपर्छ : प्रेम सुवाल

नेपालखबर
असार २८, २०८१ शुक्रबार १६:३५, काठमाडौँ

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नयाँ सरकारले जनताको सबै खालको अफ्ठ्यारो सल्टाउनुपर्ने बताएका छन्।

विगतका सरकारहरुले भ्रष्टाचारलाई बढावा दिएको, जनताको पक्षमा काम नगरेको उल्लेख गर्दै उनले नयाँ सरकारले बाढी, डुबान पीडित जनतालाई राहत दिन ढिलाई गर्न नहुने पनि बताए।

शुक्रवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतबारे आफ्नो धारणा राख्दै सांसद सुवालले पटक पटक सरकार बन्ने परिपाटीको अन्त्य गर्नुपर्ने पनि बताए।

उनले भने, ‘आउने सरकारले संसदलाई प्राज्ञिक थलो बनाउने, जनताका अफ्ठ्यारो सल्टाउने थलो बनाउने, पहिरो र डुबानबाट जनतालाई सुरक्षित राख्ने र पीडितलाई सम्बोधन गर्ने अपेक्षा गर्दछु। प्राकृतिक विपद त बर्षेनी देखिएको हो। सरकारहरु पूर्वसावधानी गम्भिर नहुँदा जनधनको ठूलो क्षति भएको हो।’                          

सांसद सुवालले नयाँ सरकारले संसदलाई प्राज्ञिक थलोको रुपमा विकास गर्नुपर्ने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .