ad ad

राजनीति


मुलुकलाई निकास दिन कांग्रेस–एमाले सहकार्यलाई साथ दिने निर्णय गरेका हौँ : अब्दुल खान

मुलुकलाई निकास दिन कांग्रेस–एमाले सहकार्यलाई साथ दिने निर्णय गरेका हौँ : अब्दुल खान

नेपालखबर
असार २८, २०८१ शुक्रबार १६:११, काठमाडौँ

जनमत पार्टीका सांसद अब्दुल खान वर्तमान सरकारले मुलुकलाई निकास दिन नसक्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन नसकिने निर्णय गर्नुपरेको बताएका छन्।

सांसद खानले वर्तमान सरकारले मुलुकलाई निकास दिनेगरी शल्यक्रिया गर्न  नसक्ने भएकाले दुई ठूला दलको सहकार्य गरेर अघि बढने निर्णयको पक्षमा उभिनु परेको स्पष्ट पारे। 

शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहाल प्रचण्डले राख्नुभएको विश्वासको मतको विपक्षमा बोल्दै उनले दुई ठूला दल काँग्रेस र एमालेलाई मिलेर अघि बढ्न पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले केही समयअघि नै गर्नुभएको अपिल आजको दिनमा आएर मिलेकाले पनि आफूहरूले नयाँ सत्ता समीकरणलाई स्वागत गरेको बताए।

‘उपकरण छैन भने डाक्टर केही गर्न सक्दैन। त्यसकारण यो सरकारले केही गरेको छैन भन्ने होइन। प्राथमिकता उपचार गरेको छ। अब चाहिएको छ शल्यक्रिया गर्न। देशको आवश्यक्ता शल्यक्रिया गर्नसक्ने खालको डाक्टर हो। यसको निम्ति हाम्रो पार्टीको राष्ट्रिय अध्यक्ष माननीय डाक्टर सिके राउत जीले यही रोष्टमबाट ३, ४ महिना अगाडि भन्नु भएको थियो–ठूला दलहरू मिल्नुस्,’ उनले भने, ‘यदि देशको उन्नति हुन्छ, समृद्धि आउँछ भने भनेर भन्नु भएको थियो। देशमा रोजगारी आउँछ भने तपाईंहरू मिल्नुस्। मिलेर देशलाई निकास दिनुस्। वास्तवमा आज त्यही समय आएकाले हुनाले हाम्रो पार्टीको निर्णय हाम्रो पार्टीले गरेको निर्णय सम्माननीय प्रधानमन्त्रीज्यूले राख्नु भएको प्रस्तावको विपक्षमा मत दिने म घोषणा गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .