ad ad

राजनीति


कांग्रेसको प्रस्टोक्ति– संविधान संशोधन पश्चगमन होइन, अग्रगमन हो

कांग्रेसको प्रस्टोक्ति– संविधान संशोधन पश्चगमन होइन, अग्रगमन हो

तस्बिर : सरोज नेपाल


नेपालखबर
असार २८, २०८१ शुक्रबार १३:४९, काठमाडौँ

नेपाली कांग्रेसले संविधान संशोधन पश्चगमनका लागि नभइ अग्रगमनका लागि भएको दाबी गरेको छ। पार्टीको तर्फबाट शुक्रबार प्रतिनिधि सभामा बोल्दै प्रमुख सचेतक समेत रहेका लेखकले संविधान संशोधनको विषयलाई काल्पनिक भाष्य स्थापना गरेर व्याख्या नगर्न आग्रह गरे। 

‘संविधान निरन्तर रुपमा चलायमान हुने दस्तावेज हो। संविधान प्रारम्भ भएपछि अभ्यासमा देखा परेका सवल र दुर्लभ पक्ष हेरेर संविधानको समीक्षा गर्ने, के कमजोर पक्ष देखिएका छन्। संविधानको आवश्यक्ता अनुसार कानुनको परिमार्जन र संशोधन गर्ने भनिएको हो,’ उनले भने। 

साथै, उनले संविधानलाई थप सम्मुनत बनाउन संशोधनको विषय अघि सारिएको बताए। 

‘संविधानको संशोधन भनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप सुदृढ गर्न भनिएको हो। यो पश्चगमन होइन, अग्रगमनका लागि संविधानलाई थप सम्मुनत बनाउन गरिने भएको हो,’ लेखकले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .