राजनीति


प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि रास्वपा संसदीय दलको बैठक

प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि रास्वपा संसदीय दलको बैठक

फाइल तस्बिर


नेपालखबर
असार २८, २०८१ शुक्रबार ८:५८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक अहिले बिहान बस्दै छ। 

बैठक अब केही बेरमा सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यलयमा सुरु हुने छ। 

आजको बैठकले आजै प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा लिन लागेको विश्वासको मतका विषयमा निर्णय गर्ने रास्वपाका कार्यवाहक प्रवक्ता एवं सासद मनीष झाले बताएका छन्। 

त्यसो त रास्वपाले प्रधानमन्त्री प्रचण्डकै आग्रहमा विश्वासको मत लिने दिन आज सहयोगका लागि भनेर सरकारबाट राजीनामा नदिएको हो। 

साथै आजको बैठकले अन्य समसामयिक विषयमा पनि छलफल गर्ने झाले जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad