पछिल्लो २४ घण्टामा देशका ८ स्थानमा ‘धेरै भारी वर्षा’ भएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) बिहान ९:२४ बजे दिएको तथ्यांकअनुसार रुपन्देहीका २, नवलपुरको १, पाल्पाको १, कास्कीको १, चितवनको १, तनहुँको १ र गोरखाको १ स्थानमा सय मिलिमिटरभन्दा माथिको वर्षा भएको हो। सय मिलिमिटरभन्दा माथिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ।
बितेको २४ घण्टामा रुपन्देहीको तिलोत्तमामा १५९.८, चितवनको त्रिशूलीस्थित कालीखोलामा १४०.४, रुपन्देहीको भैरहवामा १३६.२, तनहुँको सखरमा १३३, नवलपुर जिल्लाको देउरालीमा ११८.२, गोरखाको वीरेनचोकमा १०८.८, पाल्पाको गण्डकोटमा १०३.४ र कास्कीको लामापाटनमा १००.२ मिलिमिटर वर्षा मापन भएको मौसम महाशाखाले जनाएको छ।
यसभन्दा मुनि मात्राको वर्षा त देशका अधिकांश स्थानमा भएको छ।
183
Shares
प्रतिक्रिया