ad ad

राजनीति


सर्‍यो एमाले सचिवालय बैठक, बुधबार ११ बजे बस्ने

सर्‍यो एमाले सचिवालय बैठक, बुधबार ११ बजे बस्ने

नेपालखबर
असार २५, २०८१ मंगलबार १३:५८, काठमाडौँ

नेकपा एमालेको सचिवालय बैठक सरेको छ। मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक बुधबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको हो। 

पार्टी केन्द्रीय सचिवालयले दिएको जानकारी अनुसार, बैठकका लागि तय भएका कार्यसूचीमा तयारी नपुगेका कारण अध्यक्ष केपी शर्मा ओलीकै आग्रहमा आजको बैठक सारिएको हो। 

निकट स्रोतका अनुसार, ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बैठक स्थगित गरिएको हो।

पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड लगायतका विषयमा आजको बैठकमा छलफल हुने बताइएको थियो।

गत असार १७ गते राति कांग्रेससँग मिलेर सरकार बनाउने सहमति गरेपछि बस्न लागेको सचिवालय बैठक यो दोस्रोपटक हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .