ad ad

बागमती


काठमाडौँ जिल्ला अदालतका कर्मचारीको माग- प्रहरी कुट्ने वकिल थापालाई कारबाही गरियोस्

काठमाडौँ जिल्ला अदालतका कर्मचारीको माग- प्रहरी कुट्ने वकिल थापालाई कारबाही गरियोस्

नेपालखबर
असार २५, २०८१ मंगलबार १४:५, काठमाडौँ

जिल्ला अदालत काठमाडौंको गेटमा खटिएका प्रहरीलाई वकिलले कुटपिट गरेको भन्दै अदालतका कर्मचारीले विरोध गरेका छन्।

कानुन व्यवसायी नानी थापा भन्ने लक्ष्मी थापाले जिल्ला अदालत काठमाडौंको ३ नं गेटमा ‘सिपाही भएर बढ्ता बोल्ने’ भन्दै झापड हानेको अदालतका कर्मचारीको आरोप छ। 

ड्युटिमा खटिएका राष्ट्रसेवक कर्मचारीप्रति अभद्र व्यवहार गरेको घटनाप्रति ध्यानाकर्षण भएको कर्मचारीले बताएका छन्।

‘न्यायपालिका जस्तो संवेदनशील क्षेत्रमा दिनरात अहोरात्र खट्ने सुरक्षाकर्मीलाई गालीगलौज गर्दै बर्दीधारी प्रहरीमाथि हातपात गरी उल्टै सो विषयलाई अतिरन्जित गरी अदालतमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीको मनोबल गिराउने र परिस्थितिलाई विषयान्तर गरी तरलता निर्माण गर्ने र धमिलो पानीमा माछा मार्ने गरी विकसित पछिल्ला घटनाक्रमहरूले अदालतको मर्यादामा प्रहार गरिएको अनुभव गरेका छौं’, कर्मचारीको ध्यानाकर्षण पत्रमा भनिएको छ।

प्रहरी कर्मचारीलाई कर्तव्य पालनाको सिलसिलामा हातपात गरी समग्र कर्मचारी र सुरक्षाकर्मीको मनोबल घटाउने मनसायले आपराधिक कार्य गरेको भन्दै उनीहरू भर्त्सना गरेका छन्। 

घटनामा संलग्न थापाविरुद्ध जाहेरी दर्ता गरी कानुनी कारबाही गर्न कर्मचारीहरूले माग गरेका छन्।

यसका लागि घटनाको सीसीटीभी फुटेज अध्ययन/अनुसन्धान गर्न पनि उनीहरूले आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .