ad ad

राजनीति


प्रधानमन्त्रीलाई एमालेको सुझाव– उडायो सपना सबै हुरीले भन्ने गीत गाएर बस्नू

प्रधानमन्त्रीलाई एमालेको सुझाव– उडायो सपना सबै हुरीले भन्ने गीत गाएर बस्नू

फाइल तस्बिर


नेपालखबर
असार २४, २०८१ सोमबार ११:३८, काठमाडौँ

नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गायक मुरलीधरको उडायो सपना सबै हुरीले भन्ने गीत गाउन सुझाव दिएका छन्।

देश प्राकृतिक विपत्तिमा परिरहेको बेलामा घोर अल्पमतमा पुग्दा पनि सरकार नछाडेको भन्दै उनले यस्तो सुझाव दिएका हुन्। 

यसअघि नेकपा एमालेका मन्त्रीहरूले बालुवाटारमा राजीनामा बुझाउन जाँदा प्रधानमन्त्री प्रचण्डले फत्तेमानराज भण्डारीको ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले बोलको गीत गाएका थिए। 

उक्त विषयको प्रसंग उप्काउँदै गैरेले भने, ‘सरकार घोर अल्पमतमा परेको छ, यस्तो पनि हुँदो रहेछ कहिले कहिले? भन्दै गीत गाएर बसेको छ। बरू, उडायो सबै सपना हुरिले भन्ने गीत गाए हुने नि।’

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले अल्पमतमा परेका प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खुला गरिदिन आग्रह गरे। 

‘सरकारको कुरा के गर्नु, मैले बेला बेलामा पढ्दै आएको रोम जलिरहेको बेला निरोले बाँसुरी बजाएर बसेको जस्तै, सरकार घोर अल्पमतमा परेको तर बाँसुरी बजाएर बसिरहेको छ,’ उनले भने।

एक हप्ताको बीचमा वर्षात्को कारण मानिसको मृत्यु हुने कुरा हाम्रो शासकीय प्रणाली र व्यवस्थापनमा कमजोरी रहेको उनले बताए। 

‘देशमा यस्तो अवस्था हुँदा प्रधानमन्त्रीज्यू संविधानमा प्वाल खोजिरहनुभएको छ। देशलाई अस्थिरतामा लान सकिन्छ कि भनेर प्रयत्न गरिरहनुभएको छ,’ गैरेले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .