ad ad

राजनीति


झलनाथ खनाल भन्छन्– राष्ट्रपतिले विवेकको दुरुपयोग नगर्नुहोला भन्ने छ

झलनाथ खनाल भन्छन्– राष्ट्रपतिले विवेकको दुरुपयोग नगर्नुहोला भन्ने छ

नेपालखबर
असार २१, २०८१ शुक्रबार २०:५, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधानको धारा ७६ (२) का प्रधानमन्त्रीले संसद्‌बाट विश्वासको मत नपाएपछि स्वतः धारा (३)मा जानुपर्ने तर्क पेस गरेका छन्। 

शुक्रबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि नेपालखबरसँग कुरा गर्दै खनालले यस्तो अवस्थामा राष्ट्रपतिले संविधानको बर्खिलाप निर्णय लिनुपर्ने बताए। 

‘संविधानबमोजिम जाने हो भने धारा २ मा अविश्वास भएपछि स्वतः धारा ३ मा जानुपर्छ। विभिन्न नजिर खेलाउने र विवेकको दुरुपयोग गर्ने हो भने राष्ट्रपतिले कसलाई बोलाउने भन्ने प्रश्न हुन्छ,’ खनालले भने, ‘कतै उहाँले पनि विवेकको दुरुपयोग गरेर संविधानको बर्खिलाप नगर्नुस् भन्ने जनमत मैले देखेको छु।’

आगामी असार २८ गते प्रधानमन्त्री प्रचण्डले संसदस्बाट विश्वासको मत लिँदैछन्। प्रचण्डको विश्वासको मत लिनुअघि आफ्नो सरकारलाई समर्थन जारी राखेका दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन्। 

उनले आफूले पाचौँपटक विश्वासको मत लिन लागेको जानकारी पनि प्रधानमन्त्रीले गराएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .