ad ad

राजनीति


एसईई मौका परीक्षा दिने विद्यार्थीलाई निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने ओलीको घोषणा

एसईई मौका परीक्षा दिने विद्यार्थीलाई निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने ओलीको घोषणा

नेपालखबर
असार २०, २०८१ बिहिबार १९:४०, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने बताएका छन्।

बिहीवार रुपन्देहीमा २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्दै उनले सो घोषणा गरेका हुन्।

एसईई परीक्षा राम्रोसँग उत्तिर्ण गराउनका लागि अंग्रेजी, गणित, अप्सनल म्याथ, साइन्स र सामाजिक विषयका कक्षाहरु अनलाइनमार्फत उपलब्ध गराइने बताए।

काठमाडौंबाट गुणस्तरीय शिक्षकले अनलाइनमार्फत शिक्षा दिने ओलीले जानकारी दिए।

उनले भने, ‘अब मौका परीक्षा दिने विद्यार्थीलाई खुशी म के साट्न चाहन्छु भने उहाँहरुलाई उत्तिर्ण गराउनका लागि अंग्रेजी, गणित, अप्सनल म्याथ, साइन्स र सोसियोलोजीका क्लासहरु अनलाइनमार्फत सबै विद्यार्थी एसईई दिँदै हुनुहुन्छ। उहाँहरुलाई उपलब्ध गराइनेछ, निःशुल्क। देशभर नै। ताकी उहाँहरुले काठमाडौंबाट गुणस्तरीय शिक्षकहरुबाट अनलाइनमार्फत उहाँहरुलाई शिक्षा दिनुहुनेछ।’

अनलाइन कक्षाको व्यवस्था देशभर नै गर्ने भन्दै निःशुल्क अनलाइन शिक्षा लिनका लागि केपी शर्मा ओली फेसबुक पेजमा सम्पर्क राख्न आग्रह गरे। उनले पेजमा सम्पर्क नम्बर छोडेपछि अनलाइन कक्षामा जोडिएर अनलाइन कक्षाको लाभ लिन सकिने बताए।

अध्यक्ष ओलीले शिक्षकहरुलाई आवश्यक तालिम दिन नसक्दा गुणस्तरीय शिक्षक पाउन कठिन रहेको भन्दै नलेज ट्रान्सफर गर्नसक्ने क्षमता भएका शिक्षकहरुको आवश्यकता रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .