ad ad

राजनीति


राजनीतिक अस्थिरताले मन्त्रालयको काम चुस्त ढंगले गर्न सकिएन : मन्त्री जोशी

राजनीतिक अस्थिरताले मन्त्रालयको काम चुस्त ढंगले गर्न सकिएन : मन्त्री जोशी

फाइल तस्बिर


नेपालखबर
असार २०, २०८१ बिहिबार १४:८, काठमाडौँ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले राजनीतिक अस्थिरताका कारण आफूले मन्त्रालयको सबै काम चुस्त ढंगले गर्न नसकेको बताएका छन्।

बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री जोशीले राजनीतिक अस्थिरताले मन्त्रालयको काम व्यवस्थित ढंगले गर्न पनि व्यवधान खडा गरेको बताए। 

आफूले निजामती सेवा ऐन सम्बन्धी विधेयकलाई छिटो पारित गर्न संसदीय समिति र राजनीतिक दलहरुसँग प्रयास गरेको पनि बताए। मन्त्री जोशीले कर्मचारीहरुको सरुवा छिटो छिटो हुने अवस्था अन्त्य गर्न पनि आफूले सक्दो पहल गरेको बताए। 

‘राजनीतिक अस्थिरताले होला हामीले पनि राम्रोसँग काम गर्न नसकेको कुरा पनि राख्न चाहन्छु,’ मन्त्री जोशीको भनाइ छ, ‘हामीले मन्त्रालयमा गएपछि सबै काम चुस्तदुरुस्त ढंगले गरेका छौं भन्ने अवस्था पनि छैन। किनभने यो अस्थिरताले यस्तो समस्या सृजना गर्दोरहेछ।’ 

मन्त्री जोशीले संघीय निजामती सेवा ऐनको अभावमा प्रदेश र स्थानीय तहमा कर्मचारीको उचित व्यवसथा हुन नसकेको पनि स्मरण गराए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .