ad ad

कला


एकसातामा कति कमायो प्रभास स्टारर ‘कल्की २८९८ एडी’ले?

एकसातामा कति कमायो प्रभास स्टारर ‘कल्की २८९८ एडी’ले?

नेपालखबर
असार २०, २०८१ बिहिबार १४:१६, काठमाडौँ

दक्षिण भारतीय फिल्म ‘कल्की २८९८ एडी’ले आक्रामक व्यापार गरिरहेको छ। प्रभास स्टारर यस फिल्मले एकसातामा विश्वभरबाट ७ सय करोड भारतीय रुपैयाँ कलेक्सन गरेको हो। 

जुन २८ गते रिलिज भइरहेको यस फिल्मले सुरुवाती दिनबाट उत्साहजनक व्यापार गरेको थियो। पहिलो दिन घरेलु बक्सअफिसमा ९५.३ करोड भारुको ओपनिङ गरेको फिल्मले सातौँ दिन २३.२ करोड कमाएको छ। भारतमा सबै भाषामा गरेर यस फिल्मले सातामा ३९३.४ करोड भारु नेट कलेक्सन गरिसकेको छ। 

रिलिजको सातौँ दिनमा, यस फिल्मको तेलुगु संस्करणका लागि ३१.३८ प्रतिशतको समग्र कब्जा गरेको थियो। नाग अश्विन निर्देशित यो फिल्म तेलुगुसहित हिन्दी, तमिल, कन्नड र मलयालम भाषामा पनि रिलिज भएको थियो।

तेलुगु संस्करणले भारतमा पहिलो साता २०२.८ करोड भारु कमाएको छ। हिन्दीतर्फ भने फिल्मको कमाइ १५२.५ करोड रुपैयाँ छ।

जसले हिन्दी बजारमा वर्षको दोस्रो सबैभन्दा ठूलो कमाइ गर्ने फिल्मको रेकर्ड बनाएको छ। यस वर्ष झण्डै २ सय करोड भारु कमाएको ऋतिक रोशन अभिनित ‘फाइटर’ पहिलो स्थानमा छ।

१४९.४९ करोड भारु कमाएको अजय देवगनको ‘शैतान’लाई समेत कल्कीले पछि पारेको छ। 

प्रभाससहित यस फिल्ममा दीपिका पादुकोण, अमिताभ बच्चन र कमल हसन मुख्य भूमिकामा छन्।

यस फिल्ममा भगवान् विष्णुको कल्की अवतार देखाउने प्रयास गरिएको छ। सन् २०२० मा निर्माण घोषणा गरिएको यो फिल्म ६०० करोड भारतीय रुपैयाँमा बनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .