ad ad

राजनीति


राजीनामा बुझाउनुअघि एमाले मन्त्रीहरू बालकोटमा

राजीनामा बुझाउनुअघि एमाले मन्त्रीहरू बालकोटमा

नेपालखबर
असार १९, २०८१ बुधबार १९:५०, काठमाडौँ

नेकपा एमालेबाट प्रतिनिधित्व गर्दै सरकारमा सहभागी भएका मन्त्रीहरू अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भेला भएका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको सर्मथन फिर्ता लिएको बताएको एमालेले मन्त्रीहरू पनि फिर्ता बोलाउने तयारी गरिरहेको छ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित आफ्नो निवासमा बोलाएपछि मन्त्रीहरू त्यहाँ पुगेका हुन्।

नेपाली कांग्रेस र नेकपा  एमालेबीच वर्तमान सत्ता समीकरण भत्काएर नयाँ सरकार बनाउने सहमति भएको छ।

उक्त सहमति भएसँगै प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न नेकपा एमालेले बुधबार साझसम्मको समयसीमा दिएको थियो।

तर, प्रधानमन्त्री राजीनामा दिन तयार नभएपछि एमाले मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउने निचाेडमा पुगेका हुन्।

प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एमालेबाट उपप्रधानसहित ८ जना मन्त्री बनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .