ad ad

राजनीति


एमालेले सरकारलाई दिएको समर्थनबारे बेलुकीसम्म निर्णय लिने

एमालेले सरकारलाई दिएको समर्थनबारे बेलुकीसम्म निर्णय लिने

नेपालखबर
असार १९, २०८१ बुधबार १५:२५, काठमाडौँ

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ताबारे औपचारिक निर्णय लिने तयारी गरेको छ। मंगलबार साँझ बसेको नेकपा एमालेको सचिवालय बैठकले मार्गप्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्दै २४ घण्टासम्म कुर्ने बताएको थियो। 

तर, प्रधानमन्त्री प्रचण्डले भने तत्काल राजीनामा नदिने र विश्वासको मत लिने बताएका छन्। 

जसकारण नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न कठिन मानेको एमालेले आजै बेलुकीसम्म सरकारलाई दिएको समर्थनबारे निर्णय लिने तयारी गरेको हो। 

पार्टीका प्रमुख सचेतक महेश बतौलाका अनुसार, आजै बेलुकीसम्म हामी केही न केही निर्णय लिन्छौँ। 

‘दुई ठूला दल मिलेर जाने निर्णय भएपछि उहाँले बुझेर राजीनामा दिनु राम्रो हो,’ बर्तौलाले भने, ‘दुवै दलले मार्गप्रशस्त गर्न आग्रह पनि गरेका छौँ। उहाँले प्रक्रियामा जाने बताउनुहुन्छ भने हामीले आजै निर्णय लिन्छौँ।’

उनले बुधबार साँझसम्म पार्टीका शीर्ष नेताहरू बसेर निर्णय लिने तयारी भइरहेको बताए। 

गत सोमबार मध्यराति नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सत्ता सहकार्यको समझदारी भएको थियो। 

सो समझदारीपछि एमाले कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन्। तर, संविधानले ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था गरे अनुसार अघि बढ्ने जिकिर प्रधानमन्त्री प्रचण्डको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .