ad ad

राजनीति


पार्टी बैठकपछि राजेन्द्र लिङ्देनले भने– संविधान संशोधनको विषय स्वागतयोग्य

पार्टी बैठकपछि राजेन्द्र लिङ्देनले भने– संविधान संशोधनको विषय स्वागतयोग्य

नेपालखबर
असार १८, २०८१ मंगलबार १७:२९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले दुई मुख्य दलले उठाएको संविधान संशोधनको विषय स्वागतयोग्य भएको बताएका छन्। 

मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘अहिले कांग्रेस र एमालेले जुन सहमति बनाएको छ। त्यो सहमतिको मूल पोइन्ट भनेको संविधान संशोधनको छ। त्यसलाई हामीले स्वागतयोग्य विषय मानेका छौँ।’

साथै, राप्रपाले अहिले विकसित घटनाक्रमको बारेमा प्रारम्भिक समीक्षा गरेको उनले जानकारी दिए। नयाँ सरकारमा सहभागी हुनेबारे अहिले नै निर्णय लिएर जानु उपयुक्त नहुने पनि उनले बताए। 

‘अहिलेनै ठोस धारणा बनाएर जानु उचित हुँदैन,’ उनले भने।

संविधान संशोधनका लागि सबै राजनीतिक दलहरूका बीचमा नयाँ समझदारी बन्नुपर्ने उनले बताए। 

‘यद्यपि राप्रपाले लामो समयदेखि यो संविधानले काम गर्न सक्दैन, यो संविधानमा आमूल परिवर्तन नगरी हुँदैन। यसका लागि नेपालका सबै राजनीतिक दलका बीचमा नयाँ समझदारी बन्नुपर्छ। अब देश पछि फर्कन पनि सक्दैन, यहीँ बस्न पनि सक्दैन भनेको थियो,’ उनले भने।

उनले अघि भने, ‘यसलाई हामीले होसियारीपूर्वक हेर्ने र आफ्नो धारणा सार्वजनिक गर्ने गर्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .