ad ad

राजनीति


ओलीसँग भेटघाटका लागि बालुवाटारभित्रै किन रोजे प्रचण्डले नयाँ स्थान?

ओलीसँग भेटघाटका लागि बालुवाटारभित्रै किन रोजे प्रचण्डले नयाँ स्थान?

नेपालखबर
असार १७, २०८१ सोमबार ११:२, काठमाडौँ

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विभिन्न राजनीतिक तथा उच्च पदस्थ व्यक्तिहरूसँगको भेटघाटका लागि छुट्टाछुट्टै कोठाहरू छन्। 

प्रधानमन्त्रीले आवश्यकता र प्रोटोकल अनुसार तीनै फरक फरक कोठाहरूको प्रयोग गर्ने गरेका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सत्तारूढ दल होस् वा प्रमुख प्रतिपक्षी दलका नेता भेट्ने क्रममा होस्, प्राय एउटै कोठामा भेटघाटका कार्यक्रम आयोजना गर्थे।

तर, सोमबार बिहानै बालुवाटारमा सत्तारुढ मुख्य घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटघाटका लागि प्रचण्डले अलग्गै स्थान रोजे। 

प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको तस्बिर अनुसार, प्रचण्ड र ओली खुला स्थानमा बसेको देखिन्छ। 

उक्त स्थान प्रधानमन्त्री निवास बालुवाटारभित्रकै हो। जहाँ कुनै होटेल वा कफि शपको जस्तो कुर्सी, टेबल देखिन्छ।

पछिल्लो एकहप्ता यता नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग नियमित संवादमा रहेका ओलीसँग प्रधानमन्त्री प्रचण्डले आइतबार पनि दुई घण्टा सिंहदरबारमा छलफल गरेका थिए।

शनिबार (असार १५) दिउँसो ओलीको निमन्त्रणामा देउवा बालकोट निवास पुगेका थिए।

त्यहाँ ३ घन्टा संवाद गरेर फर्किएपछि कांग्रेस यो गठबन्धन टुटाउन सकिने निष्कर्षमा पुगेको छ।

ठिक यही बेला प्रचण्डले पनि ओलीसँगको भेटवार्तालाई तीब्रता दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .