ad ad

कला


विराज भट्टका छोरा समीरको डेब्यु फिल्म ‘१२ गाउँ’ दसैँमा रिलिज हुने

विराज भट्टका छोरा समीरको डेब्यु फिल्म ‘१२ गाउँ’ दसैँमा रिलिज हुने

नेपालखबर
असार १७, २०८१ सोमबार ११:१२, काठमाडौँ

अभिनेता विराज भट्टको निर्देशन रहेको फिल्म ‘१२ गाउँ’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। प्रदर्शन मिति तोक्दै फिल्मको पोस्टर सार्वजनिक गरिएको हो। 

यो फिल्म आगामी दसैँमा रिलिज हुनेछ। सार्वजनिक पोस्टरमा विराजका छोरा समीर भट्ट फिचर्ड छन्। समीरको डेव्यु सिनेमा भएका कारण पनि यो फिल्म निर्माण घोषणादेखि नै चर्चाको शिखरमा छ। 

विराजले नेपाली सिनेमा इतिहासकै उच्च स्तरीय एक्सन पस्किदै अन्तर्रराष्ट्रिय स्तरमा लैजाने विश्वास निर्देशक तथा अभिनेता भट्टको छ।निर्देशक विराजका अनुसार अबको १० दिनमा सिनेमाको प्याकअप हुनेछ। 

यो सिनेमामा समावेश गरिने एउटा एक्सन दृश्यको छायांकन भारतको मुम्बईमा गर्नु पर्ने भएकाले अबको १० दिनमा सम्पुर्ण छायांकन सकिने उनको भनाई छ।

नेपाली सिनेमामा रियल एक्सन स्टारका रुपमा परिचित विराजले आफ्नो सोही छविलाई ‘१२ गाउँ’बाट अझ एक कदम अगाडि लैजाने बताउँछन्। यही सिनेमाबाट डेव्यु गर्न लागेका उनका छोरा समिरले विगत १० वर्षदेखि भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिएर डेब्यू गरेका हुन् । समीरले मुम्बईमा किशोर(नमितबाट अभिनय प्रशिक्षण लिएका थिए।

यही सिनेमाबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्दैछन्। 

फिल्ममा विराज, समीर, न्यान्सी र सनिशासहित मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको फिल्ममा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ। एक्सन(थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन्। 

तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन्। महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा पनि छायांकन गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .