ad ad

राजनीति


समाज परिवर्तनको जिम्मेवारी कम्युनिस्टहरूकै काँधमा छ : माधव नेपाल

समाज परिवर्तनको जिम्मेवारी कम्युनिस्टहरूकै काँधमा छ : माधव नेपाल

नेपालखबर
असार १५, २०८१ शनिबार १८:०, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज परिवर्तनको जिम्मेवारी कम्युनिस्टहरूकै काँधमा रहेको बताएका छन्।

शनिबार काठमाडौँमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले नेपाली विशेषताको समाजावादका कार्यक्रम नेकपा (एकीकृत समाजवादी) ले ल्याउन लागेको बताए।

कम्युनिस्टहरूले पहल गर्दा नेपाली राजनीतिमा ठूलो ठूलो परिवर्तन भएकाले सबै मिलेर विचार विमर्स गर्न आवश्यक रहेको उनको भनाइ थियो। 

नेपालको कम्युनिस्ट आन्दोलनमा अहिले उत्तारचढाव, उकाली ओराली, एकता, विघटनका कामहरु भइरहेको भएपनि आत्तिनुपर्ने अवस्था नरहेको पनि उनले बताए।

‘नेपालको कम्युनिस्ट आन्दोलन आज उत्तारचढाव, उकाली ओराली, एकता, फेरि विघटन, फेरि पुनःगठन, विभाजन, फेरि पुनःएकता यही प्रक्रियामा अघि बढिरहेको छ। अहिलेको अवस्था हेरेर हामी धेरै चिन्तित हुनु हुँदैन। तर गम्भीर हुनुपर्ने आवश्यकता छ,’ उनले भने, ‘कम्युनिस्टहरूले पहल गर्दा नेपाली राजनीतिमा ठूलो ठूलो परिवर्तन ल्याएका छन्। तरंग सिर्जना गरेका छन्। अहिले पनि समाज परिवर्तनको जिम्मेवारी कम्युनिस्टहरूकै काँधमा छ। हामीले नेपाली विशेषताको समाजावादका कार्यक्रम ल्याउँदैछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .