ad ad

राजनीति


सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छ : झलनाथ खनाल

सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छ : झलनाथ खनाल

नेपालखबर
असार १५, २०८१ शनिबार १७:३७, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व निर्माण हुने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित पार्टीको पत्रकार सम्मेलनका क्रममा उनले सर्वसम्मत नेतृत्वले सिंगो समाजवादलाई ठिक दिशातिर अघि बढाउने विश्वास व्यक्त गरे। 

नेताहरूका बीचमा कहीँ पनि ठूलो समस्या नरहेको बताउँदै उनले कम्युनिष्ट पार्टीका नेताहरुको बीचमा बहस हुनु ठूलो कुरा नभएको पनि बताए।

‘हामीले आउने महाधिवेशनबाट निर्माण गरेको नेतृत्व सर्वसम्मत हुनेगरी निर्माण गरौँ। त्यो सर्वसम्मत नेतृत्वले सिंगो समाजवादलाई ठिक दिशातिर अघि बढाउँछ। हामी नेताहरूको बीचमा कहीँ पनि त्यस्तो ठूलो समस्या छैन। हामी कहिले कहीँ बहस गर्दछौँ। कम्युनिष्ट पार्टीका नेताहरूको बीचमा बहस हुनु भनेको कुनै ठूलो कुरा होइन,’ खनालले भने, ‘हामीले यो महाधिवेशन भित्रबाट पनि मन्थन गरेर व्यापक दस्तावेजहरूको संश्लेषण गरेर आफ्नो निस्कर्ष निकाल्छौँ। अब केही गर्दा भएन, हाम्रो बीचमा केही गर्दा पनि मिलेन, मिल्दै नमिलेपछि हामीले लोकतन्त्रको बाटो लिनुपर्छ की पर्दैन ? लोकतन्त्रातिक विधिबाट हामी नेतृत्व निर्माण गर्नेछौँ।’

सम्मानित नेता खनालले विचार र व्यवस्थापनको सन्तुलन मिलाएर पार्टी अघि बढ्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .