ad ad

राजनीति


महामन्त्री ढकालले पार्टीलाई दिएको सुझाव सकारात्मक छ : रवि लामिछाने

महामन्त्री ढकालले पार्टीलाई दिएको सुझाव सकारात्मक छ : रवि लामिछाने

नेपालखबर
असार १३, २०८१ बिहिबार ११:३०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महामन्त्री डा. मुकुल ढकालले समीक्षा यात्राको प्रतिवेदनमा उल्लेख गरेको कुरा सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। 

बिहीबार बिहान पत्रकारले राखेको जिज्ञासामा गृहमन्त्रीसमेत रहेका लामिछानेले महामन्त्री ढकालले पार्टीको शल्यक्रिया गर्नुपर्छ भन्नु पार्टीको हितमै भएको जवाफ दिएका हुन्। 

पार्टीका महामन्त्रीले पार्टी सिकिस्त बिरामी छ, यही अवस्थामा जान सकिँदैन, पार्टीको शल्यक्रिया गर्नुपर्छ भन्नुभयो नि भनी पत्रकारले राखेको प्रश्नमा लामिछानेले भने, ‘पार्टीका महामन्त्रीजीले पार्टीको चिन्ता गर्नुभएको, उहाँले समीक्षा गर्नुभयो, त्यसलाई सही ढंगले उपचार गर्नुपर्छ भन्नु त बुझेर, नागरिककको प्रतिक्रिया लिएर भन्नुभएको हो। त्यत्रो अपेक्षा गरिएको छ, त्यो अपेक्षा पूरा गर्न त हामीले शल्यक्रिया नै नगरी हुँदैन है, भनेको कुरा त राम्रो कुरा हो नि, स्वाभाविक हो नि।’

इलामको उपनिर्वाचनमा नराम्रोसँग पराजय भोगेपछि रास्वपाले आन्तरिक समीक्षा गर्न महामन्त्री ढकाललाई गत जेठ ६ गतेदेखि देशव्यापी यात्रामा पठाएको थियो। यात्रा सकेर उनी असार ५ गते काठमाडौँ आइपुगेका थिए।

यस क्रममा उनले ३८ वटा जिल्लाका २०७९ जनाभन्दा बढी नागरिकसँग अन्तर्क्रिया गरेको प्रतिवेदनमा उल्लेख गरेका छन्।

उनले प्रतिवेदन बुधबार सभापति लामिछानेलाई बुझाएका छन्। त्यसमा उनले पार्टी दुर्घटनामा पर्ने चेतावनी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .