ad ad

राजनीति


मेयर बालेनलाई वडाध्यक्ष डंगोलले भने– सबै मिल्यौँ भने मात्रै गोल गर्न सकिन्छ

मेयर बालेनलाई वडाध्यक्ष डंगोलले भने– सबै मिल्यौँ भने मात्रै गोल गर्न सकिन्छ

तस्बिर : सरोज बैजु


नेपालखबर
असार १०, २०८१ सोमबार १५:५, काठमाडौँ

काठमाडौँ महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष इश्वरमान डंगोलले फुटबल खेलमा जस्तै महानगरमा पनि टिम नै मिलेर काम गरे मात्रै सफल हुने बताएका छन्। 

फुटबल खेलको उदाहरण दिँदै सोमबार बसेको १५ औँ नगरसभाको तेस्रो बैठकमा वडाध्यक्ष डंगोलले अवसर ग्रहण गर्न सकेमात्रै सफल हुनसक्ने बताए। 

‘म फुटबल खेलाडी, सायद सबैलाई यो खेल रमाइलो लाग्छ होला। त्यसमा ११ जना खेलाडी हुन्छ। त्यसमा एकजना क्याप्टेन, एकजना गोलकिपर गरी, सेन्टरमा खेल्नेगरी ११ जना हुन्छ,’ वडाध्यक्ष डंगोलले भने, ‘त्यहाँ आ–आफ्नो रोल हुन्छ। सिस्टममा सबै मिल्यो भने गोल गर्न सक्छौँ। सबै मिल्यौँ भने हामीले गोल गर्न सक्छौँ। गोलकिपरले मात्रै बल जोगाउँछु भनेर सम्भव छ? सिस्टमले अघि बढ्यो भने मात्रै हामी सफल हुन्छौँ।’

फुटबल खेलमा ९० मिनेट खेल्न पाइने भएपनि गोल गर्ने अवसर भने ४/५ मिनेट मात्रै हुने उनको भनाइ थियो। 

‘फुटबल खेलमा ९० मिनेटभित्र गोल गर्ने अवसर भनेको ४/५ मिनेट मात्रै हुन्छ। त्यसभित्र हामीले अवसर चुकायौँ भने सफल हुँदैनौँ। त्यसमा हामी सबै टिम मिलेर गोल गर्न सक्यो भने हाम्रो महानगर अघि बढ्छ,’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .