हङकङ विमानस्थलको ‘टर्मिनल डिस्प्ले स्क्रिन’ ९ घण्टापछि आंशिक सुचारु, यात्रुको गुनासो- जहाज छुट्यो

हङकङ विमानस्थलको ‘टर्मिनल डिस्प्ले स्क्रिन’ ९ घण्टापछि आंशिक सुचारु, यात्रुको गुनासो- जहाज छुट्यो

विमानस्थलको टर्मिनल डिस्प्ले स्क्रिन ९ घण्टा अवरुद्ध भएको थियो (द स्ट्यान्डर्ड)


नेपालखबर
असार ९, २०८१ आइतबार १८:२३, हङकङ

कम्प्युटर प्रणालीमा समस्या आएपछि आइतबार बिहानैदेखि टर्मिनल डिस्प्ले स्क्रिनमा समस्या बेहोरेको हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको समस्या ९ घण्टापछि आंशिक समाधान भएको छ।

विमानस्थल प्राधिकरणले आइतबार साँझ ४ बजे प्रणालीको ‘प्रारम्भिक पुनर्स्थापना’ घोषणा गरेको हो।

पुनर्स्थापनाको घोषणा गर्ने क्रममा अधिकारीहरूले दिउँसो केही उडानमा ढिलाइ भएको बताएका छन्। त्यस्तै, कतिपय यात्रुले आफ्नो उडान नै छुटेको बताएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।

४० वर्षीय मकाउका बासिन्दा ज्याकब फिलिपिन्सको सेबुको लागि आफ्नो उडान छुटेको बताउँछन्। एयरलाइन्सले सेबुको लागि आइतबार एक मात्र उडान गरेकोले आफू अलपत्र परेको उनको दुःखेसो छ।

उनले आफूजस्तै उडान छुटेका अन्य ५ जना यात्रु भेटेको बताए।

त्यस्तै, अर्का यात्री जो पेसाले व्यापारी हुन्, पिटर लापोइन्टले स्क्रिनमा कुनै जानकारी नदेखिँदा आफू अन्योलमा परेको बताउँछन्।

‘अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो हुन्छ भनेर मैले सोचेको पनि थिइनँ,’ दिउँसो ३ बजे भियतनामका उडेका २७ वर्षीयले भने।

यता, विमानस्थल प्राधिकरणले भने प्रणालीमा समस्याकै कारण कुनै पनि यात्रुको उडान रद्द वा ढिलाइ नभएको जनाएको छ।

‘प्रणालीको विफलताका कारण कुनै यात्रुको उडान रद्द वा ढिलाइ भएको छैन,’ विमानस्थल प्राधिकरणका कार्यकारी निर्देशक स्टिभन यिउ भने।

उनले मर्मतपछि आगामी तीन घण्टाका लागि प्रस्थानको विवरण स्क्रिनमा देखाइने पनि बताए। तर, प्रणाली पूर्ण रूपमा पुनस्र्थापित हुने समयसीमा उनले तोकेनन्।

‘सामान्यतया विमानस्थल सञ्चालन सामान्य छ। यात्रुहरू चेक इन गर्न र विमानमा चढ्न सक्षम छन्, सुरक्षा जाँच प्रभावित छैन,’ यिउले भने, ‘प्राधिकरणले बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म ३६० उडान ह्यान्डल गरेको छ।’ एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .