ad ad

राजनीति


अबको चुनावमा कांग्रेसलाई एकल बहुमत ल्याउने पार्टी बनाउन सकिन्छ : गगन थापा

अबको चुनावमा कांग्रेसलाई एकल बहुमत ल्याउने पार्टी बनाउन सकिन्छ : गगन थापा

नेपालखबर
असार ८, २०८१ शनिबार १९:५, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई २०८४ सालको निर्वाचनमा एकल बहुमत आउने गरी बनाउन सकिने बताएका छन्। 

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एकढिक्का बनाएर कांग्रेसलाई अघि बढाउनसके आगामी निर्वाचनमा एकल बहुमतसहितको ५ वर्ष ढुक्कले सरकार बनाउन सक्ने बनाउन सकिने जिकिर गरेका हुन्। 

यही निर्वाचन प्रणालीबाट २०४८ सालमा जस्तो ४० प्रतिशत भन्दा बढी मत ल्याएर नेपालको सबैभन्दा ठूलो मात्रै होइन, ५ वर्ष आफ्नो तागतको आधारमा एकल सरकार चलाउन सक्ने पार्टी नेपाली काँग्रेसलाई बनाउन सक्ने महामन्त्री थापाको भनाई थियो।

‘म तपाईंहरूलाई यो विश्वास दिलाउन चाहन्छु कि यो पार्टी सकिएला, पार्टी भत्किएला। त्यो केही पनि हुँदैन। २०८४ सालको चुनावबाट, अहिलेकै निर्वाचन प्रणालीबाट विपी कोइराला, गणेशमान, किसुनजीको पार्टी हो यो। यो पार्टीको कार्यकर्ताहरू हौं हामी। हामी भित्र केही सुधार चाहिएको छ। हामीभित्र केही फोहोर सफा गर्नुपर्नेछ,’ उनले भने।

उनले त्यसका लागि पार्टी भित्रको एकताको आवश्यक्तामा जोड दिनुभयो । बिपी, गणेशमान, किसुनजीको पार्टी नेपाली कांग्रेस भएकाले सो पार्टीलाई आगामी निर्वाचनमा बलियो शक्ति बनाउन सम्भव रहेको पनि महामन्त्री थापाले बताए।

‘हामी भित्र माया, प्रेम चाहिएको छ। सबै कुरा मिलाउनुपर्नेछ, मिलाऔं। यो सबै कुरालाई मिलाएर एक ढिक्का बनाएर, तपाईहरुको माया, प्रेम यो सबै कुरालाई तागत बनाएर यही निर्वाचन प्रणालीबाट २०४८ सालमा जस्तो ४० प्रतिशत भन्दा बढी मत ल्याएर नेपालको सबैभन्दा ठूलो मात्रै होइन, ५ वर्ष आफ्नो तागतको आधारमा एकल सरकार चलाउन सक्ने पार्टी यो बन्छ, बनाउन सक्छौँ,’ उनले भने।

महामन्त्री थापाले कांग्रेसले सरकारमा नरहेर पनि जनताको सेवामा निरन्तर लाग्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .