ad ad

राजनीति


टीआरसी विधेयकबारे प्रहरी हेडक्वार्टरमा पूर्वआईजीपीहरूको छलफल

टीआरसी विधेयकबारे प्रहरी हेडक्वार्टरमा पूर्वआईजीपीहरूको छलफल

नेपालखबर
असार ७, २०८१ शुक्रबार २०:३९, काठमाडौँ

नेपाल प्रहरी प्रधान कार्यालयमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) सम्बन्धी छलफल भएको छ।

टीआरसी विधेयकमा समेटिनुपर्ने विषयहरूको बारेमा शुक्रबार भएको छलफलमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित पूर्वप्रहरी महानिरीक्षकहरू सहभागी थिए।

प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिका सदस्य, पूर्वकानुनमन्त्री एवम् अवकाश प्राप्त प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान, अवकाशप्राप्त प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाह, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, नेपाल प्रहरी पूर्वसंगठन प्रमुख मञ्चका संयोजक एवम् अवकाशप्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहरा सहभागी थिए।

यस्तै, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू सहभागी छलफलमा आएका राय सुझावहरूलाई समेटी विधेयक सम्बन्धमा आगामी कार्यक्रम एवम् रणनीति तय गरिने प्रहरी महानिरीक्षक कुंवरले बताए।

कार्यक्रममा सुरक्षा तथा न्याय अध्ययन केन्द्रको तर्फबाट अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उक्त अध्ययन केन्द्रको काम कर्तव्य सम्बन्धि प्रस्तुतीकरण गरेका थिए।

पूर्व अतिरिक्त महानिरीक्षक ठूले राईले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए।

अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक आमोद चन्द्र गुरूङले विभिन्न देशमा लागू भएको टीआरसी सम्बन्धी आफ्नो अनुभव सुनाएका थिए।

प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले विधेयक सम्बन्धमा नेपाल प्रहरीको तर्फबाट राय सुझाव दिन तथा अन्य आवश्यक कार्य गर्नका लागि प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङको संयोजकत्वमा गठित समितिको तर्फबाट प्रस्तुतीकरण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .