ad ad

राजनीति


आफ्नो सम्बोधन चलिरहँदा शीर्ष नेताहरु सदनमा नबसेकोमा प्रधानमन्त्रीको असन्तुष्टि

आफ्नो सम्बोधन चलिरहँदा शीर्ष नेताहरु सदनमा नबसेकोमा प्रधानमन्त्रीको असन्तुष्टि

नेपालखबर
असार ६, २०८१ बिहिबार १५:३१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ले संसद्‍मा सम्बोधन गरिरहँदा सत्ता तथा प्रतिपक्षका शीर्ष नेताहरू उपस्थित नभएकोमा असन्तुष्टि जनाएका छन्। 

प्रधानमन्त्री प्रचण्ड बिहीबार संसदको नियमित ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा सहभागीता जनाएका थिए। उनले सम्बोधन गरिरहँदा प्रमुख सत्तारुढ दलका नेता केपी शर्मा ओली अनुपस्थित थिए भने प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा बीचमै संसद भवनबाट बाहिरिएका थिए।

प्रचण्डले त्यसप्रति असन्तुष्टि जनाउँदै हामी आफैले आफैलाई अवमूल्यन गरेको टिप्पणी गरेका थिए। ‘हाम्रो सदनको परम्परा, प्रचलन, गरिमा जे भनेपनि प्रधानमन्त्रीले बोल्ने दिन सत्तापक्ष पनि, प्रतिपक्षका पनि सबै नेताहरू, सबै माननीय सदस्यहरू मन्त्रीहरू इमर्जेन्सीबाहेक सबै उपस्थित हुने प्रचलन नेपालको इतिहासमा स्थापित थियो,’ उनले भनेका थिए,  ‘तर अब क्रमशः त्यो पातलिन थाल्या छ। यसले हामीले अमूक प्रधानमन्त्रीलाई अवमूल्यन गरेको पक्कै होइन होला। यो प्रक्रिया जारी रह्यो भने हामी आफैंले आफैलाई अवमूल्यन गरेको ठहरिन्छ।’

यसअघि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दा सत्तापक्ष र प्रतिपक्ष दलका नेता उपस्थित हुने चलन थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .