ad ad

राजनीति


परराष्ट्र मन्त्री ज्ञवालीले जेनेभाबाटै भने : संविधान संशोधनको बेमौसमी बहस

परराष्ट्र मन्त्री ज्ञवालीले जेनेभाबाटै भने : संविधान संशोधनको बेमौसमी बहस

नेपालखबर
फागुन १३, २०७६ मंगलबार १६:५५,

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले संविधान संशोधन गरी राष्ट्रिय सभा सांसदलाई पनि प्रधानमन्त्री बन्ने बाटो खुला गर्ने प्रस्तावलाई बेमौसमी बहसको संज्ञा दिएका छन्।

राष्ट्रसंघको मानव अधिकार परिषद्मा सहभागी हुन स्वीट्जरल्याण्डको जेनेभा पुगेका ज्ञवालीले त्यहिँबाट मंगलबार अबेर राती ट्विटमार्फत् त्यसबारे आफ्नो असहमति व्यक्त गरेका हुन्।

गएको निर्वाचनमा जनताले नेकपाको गठबन्धनलाई स्थिरता र समृद्धिका लागि विश्वास गरेको बताउँदै त्यो जनमतलाई कहिले आलोपालो प्रधानमन्त्री त कहिले शासन प्रणाली परिवर्तन भनी अपमान गरेको उनको भनाई छ। ‘अनि राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने व्यवस्था गर्न संविधान संशोधनको बेमौसमी बहस। के नेकपा राजनीतिक स्थिरता दिन अक्षम छ भन्ने सन्देश दिन खोजिएको होरु, उनले प्रश्न गरेका छन्।

गएराती उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले पनि राष्ट्रिय सभा सांसदलाई प्रधानमन्त्री बनाउने बाटो खोल्ने गरी संविधान संशोधन गर्ने प्रस्तावको ट्विटमार्फत् नै तीव्र असन्तुष्टि व्यक्त गरेका थिए।

२०७४ सालमा भएको आमनिर्वाचनमा बर्दियाबाट चुनाव हारेका नेकपा नेता बामदेव गौतमको इच्छाअनुसार राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नका लागि सो कार्यदल गठन गर्न लागिएको बताइएको छ।

नेकपा नेताहरुले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न प्रस्ताव गर्दा गौतमले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था गर्नेभए मात्र आफू सदस्य बन्ने बताएका थिए।

याे पनि: 
राजनीति गरिन्छ, जुवा खेलिन्न : संविधान संशोधनप्रति असन्तुष्ट पोखरेल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .