ad ad

राजनीति


संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न सांसद पन्तले गराए ध्यानाकर्षण

संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न सांसद पन्तले गराए ध्यानाकर्षण

नेपालखबर
असार ४, २०८१ मंगलबार १२:१४, काठमाडौँ

नेकपा(एमाले)का सांसद रघुजी पन्तले संघीय संसद् सचिवालयका कर्मचारीलाई अतिरिक्त समय काम गरेको भत्ता दिलाउन सरकारलाई आग्रह गरेका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले संघीय संसद् सचिवालयका कर्मचारीहरुलाई अतिरिक्त समय काम गरेको भत्ता उपलब्ध गराउन सरकारसँग आग्रह गरेका हुन्। 

‘जुन सुविधा अरु कर्मचारीले पाएका छैनन्। त्यो सुविधा संसद्को कर्मचारीहरूले पनि पाउनुपर्छ भन्ने मेरो भनाइ पनि छैन। तर जे सुविधा अरु मन्त्रालयका कर्मचारीहरूले पाएका छन्, त्यो सुविधा संसद् सचिवालयका कर्मचारीहरूले नपाउने कुरा चाहीँ हुँदैन। उहाँहरूले कोभिड यता ओभरटाइम गरेको कुनैपनि भत्ता पाउनुभएको छैन। हिजोको मागिराख्नु भएको छैन। नियम, कानुन अनुसारको भत्ता अहिले पनि नपाउने भन्नेकुरा त अन्याय भयो नि,’ उनले भने।

उनले संसद्मा सांसदहरुका लागि पढ्न राखिने अखबारहरूमा समेत कटौती भएको भन्दै मुलुकको आर्थिक अवस्था सांसदहरूको अखबारमा कटौती गर्नुपर्ने अवस्थामा पुगेको हो भन्दै प्रश्न समेत गरे।

‘त्यो अर्थ मन्त्रालयका कर्मचारीले पाउने, अन्तका कर्मचारीले पाउने, संसद्का कर्मचारीले चाहीँ किन नपाउने? आज यहाँ देखिरहेका छौँ, सभामुखज्यूलाई सहयोग गर्न बस्नुपर्ने कर्मचारीहरू सबै हुनुहुन्न। उहाँ बाहिर धर्नामा हुनुहुन्छ। संसद्भित्र यो दृश्य उपस्थित हुनु आफैँमा दुःखद् हो कि होइन,’ सांसद पन्तले भने, ‘६, ७ महिना अगाडी जति अखबार सांसदहरुलाई पढ्न भनेर त्यहाँ राखिन्थ्यो, महत्वपूर्ण कतिपय अखबारहरू कटौती भएको छ। के हाम्रो मुलुकको आर्थिक अवस्था त्यति कमजोर भएको हो? सांसदहरूलाई दिइने पत्रिका पनि कटौती गर्ने अवस्थामा पुगेको हो र? म सरकारलाई आग्रह गर्छु, नियमले दिने सुविधाहरू, भत्ताहरू अहिले कटौती गर्नु भएन। उनीहरूलाई अब त दिन थालियोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .