ad ad

राजनीति


नेपालको विद्युत् बंगलादेशसम्म निर्यात गर्नेछौँ : प्रधानमन्त्री प्रचण्ड

नेपालको विद्युत् बंगलादेशसम्म निर्यात गर्नेछौँ : प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १४:४७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा उत्पादित विद्युत् बंगलादेशसम्म निर्यात गरने बताएका छन्। शुक्रबार नेपाल विद्युत् प्राधिकरणको हेटौंडा सवस्टेसनको उद्घाट गर्दै प्रधानमन्त्री प्रचण्डले सीमापार विद्युत् व्यापारको योजनाअनुसार नेपालको स्वच्छ हरित ऊर्जा छिमेकी देशहरू भारत तथा चीन र भारत हुँदै बङ्गलादेशसम्म पुर्‍याउने आधार तयार भएको बताएका हुन्। 

‘सीमापार विद्युत् व्यापारको योजनाअनुसार नेपालको स्वच्छ हरित उर्जा छिमेकी देशहरुमा निर्यातदर बढाउने लक्ष्य सरकारले लिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालभित्र खपत गरी अतिरिक्त भएको करिब ४० मेगावाट विद्युत् बंगलादेशतर्फ निर्यात गर्न विद्युत् व्यापारमा संलग्न निकायहरुबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर हुँदैछ। त्यसपछि नेपालको विद्युत् बंगलादेश पनि निर्यात हुनेछ। यो दिन नेपालको उर्जा विकास र विद्युत् बजार विस्तारका लागि थप महत्वको दिन हुनेछ।’

प्रधानमन्त्री प्रचण्डले विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार तयार हुनुलाई देशको ऊर्जा विकासका लागि एउटा महत्वपूर्ण कोसे ढुङ्गा सावित भएको जिकिर गरे। क्षेत्रीय विद्युत् व्यापारका लागि हेटौंडा सबस्टेसन अर्को ठूलो हप बनेको उनको भनाइ थियो। 

प्रधानमन्त्री प्रचण्डले थपे, ‘सम्पूर्ण देशवासीका निम्ति पनि निकै ठूलो खुसीको कुरा हो। नेपाली इन्जिनियर तथा प्राविधिकहरुबाट नै डिजाइन तथा निर्माण सुपरिवेक्षण गरिएका ४०० केभीका तीनवटा सवस्टेसनको निर्माणबाट नेपालको प्राविधिक क्षमता वृद्धि भएको कुरा पनि पुष्टि भएको छ। यो ज्ञान, सीप र दक्षतालाई अन्य आयोजनामा अनुसरण गर्न सकिन्छ र गर्नु पनि पर्दछ। यो ज्यादै नै नेपालीका निम्ति गर्वको कुरा हो। यसका निम्ति यहाँहरु सबैमा नेपाल सरकारको तर्फबाट हार्दिक बधाई र धन्यवाद भन्न चाहन्छु।’

ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि सञ्चालन (चार्ज)मा ल्याइएको छ।

यसैगरी, नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थाना भर्‍याङमानै २२० र १३२ः११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि नै चार्ज गरिएको छ।

मुलुकभित्रको पूर्व–पश्चिम विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माण गरिएको जिआइएस प्रविधियुक्त स्वचालित ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौंडा तेस्रो ठूलो सबस्टेसन हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .