ad ad

राजनीति


मनसुनजन्य जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गर्न सांसद केसीको माग

मनसुनजन्य जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गर्न सांसद केसीको माग

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १२:२९, काठमाडौँ

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मनसुनजन्य जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गर्न माग गरेका छन्।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद केसीले सरकारसँग यस्तो माग गरेका हुन्। उनले विश्वमा नेपाल प्राकृतिक जोखिमको ११ औँ स्थानमा रहेको बताए। 

भूकम्पले जाजरकोट रुकुमको त्रास बिर्सन नपाउँदै बाढी, पहिरो, चट्याङले ठूलो क्षति पुर्‍याएको र आगालागीबाट प्रत्येक वर्ष दुई अर्ब भन्दा नोक्शानी र सयौं नेपाली ज्यान गुमाउनुपरेको पनि बताए। 

‘विश्वमा नेपाल प्राकृतिक जोखिमको ११ औँ स्थानमा छ। भूकम्पले जाजरकोट रुकुमको त्रास बिर्सन नपाउँदै बाढी, पहिरो, चट्याङले ठूलो क्षति पुर्‍याएको छ। आगालागीबाट प्रत्येक वर्ष दुई अर्ब भन्दा नोक्सानी र सयौं नेपाली ज्यान गुमाउनुपरेको छ,’ उनले भने, ‘विपद्जोखिम न्यूनीकरण प्राधिकरणले यो वर्ष मनसुनजन्य विपतमा १८ लाख नागरिक र ४ लाख १२ हजार परिवार प्रभावित हुने अनुमान गरेको छ। ४ सय बस्ती उच्च जोखिममा छ।’

विपद्जोखिम न्यूनीकरण प्राधिकरणले यो वर्ष मनसुनजन्य विपतमा १८ लाख नागरिक र ४ लाख १२ हजार परिवार प्रभावित हुने अनुमान गरेको उनले सदनलाई जानकारी गराए।

‘पहिला भएका घटनाको अहिलेसम्म पुनःस्थापना हुन सकेको छैन भने सरकार युद्ध स्तरमा आउनुपर्ने हो त्यसरी आउन सकेको छैन। कर्णप्रिय नारा र निर्देशनमा अल्मलिएको छ। सरकारले विपत जोखिम न्युनिकरणका लागि युद्धस्तरमा तयारी गरोस्,’ उनले भने।

उनले सरकार विपद् जोखिमको लागि काम गर्ने भन्दा पनि कर्णप्रिय नारा र निर्देशनमा अल्मलिएको आरोप लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .