बिहीबार स्थिर रहेको सुनको मूल्य आज घटेको छ।
नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको हो।
आज छापावाल सुन एक लाख ४१ हजार दुई सय रुपैयाँमा किनबेच भइरहेको छ।
त्यसैगरी तेजाबी सुनको मूल्य आज एक लाख ४० हजार पाँच सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य आज १८ सय रुपैयाँमा कायम भएको छ।
हिजो छापावाल सुन १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदी आज तोलामा १० रुपैयाँले घटेको छ। हिजो चाँदीको मूल्य १ हजार ८ सय १० रुपैयाँ थियो।
2.2k
Shares
प्रतिक्रिया