ad ad

राजनीति


सरकारको विपद्पूर्वतयारी सन्तोषजनक भएन : योगेश भट्टराई

सरकारको विपद्पूर्वतयारी सन्तोषजनक भएन : योगेश भट्टराई

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार १२:२९, काठमाडौँ

नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले सरकारको विपद् व्यवस्थापनको पूर्वतयारी सन्तोषजनक नरहेको बताएका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा उनले जलवायु परिवर्तनका कारण पूर्वअनुमान नै गर्न नसक्ने गरी मौसम प्रतिकू हुँदै गएकाले त्यसको असर आमजीवनमा परिरहेकोमा चिन्ता व्यक्त गरे।

विपद् पूर्वतयारीबारे सरकारको तयारी सन्तोषजनक नरहेको र विपद् व्यवस्थापन प्राधिकरणलाई पर्याप्त बजेट नपुगेको पनि उनको भनाइ थियो।

प्राधिकरणलाई वार्षिक १८ करोड रुपैयाँ छुट्याइएको र १५ करोड साधारण खर्च रहेको भन्दै उनले यस बजेटमा कुनै काम गर्न सक्ने अवस्था नरहेको पनि औँल्याए। विपद् उद्धारका लागि दक्ष जनशक्ति र पर्याप्त स्रोत-साधन पनि नरहेकोमा उनले सरकारको ध्यानाकर्षण गराए। 

उनले भने, ‘जलवायु परिवर्तनका कारण पूर्वअनुमान नै गर्न नसक्ने गरी मौसम प्रतिकूल हुँदै जाने, त्यसको असर आम मानिसहरूमा परिरहेको छ। तर त्यस आधारमा हाम्रो नेपालको, विशेष गरी सरकारको तयारी त्यति सन्तोषजनक छैन। विपद् प्राधिकरण बनाएका छौँ, यो कामको निम्ति जम्मा वार्षिक १८ करोड बजेट दिइएको छ, जसमा १५ करोड साधारण खर्च छ। तलब भत्ता, पारिश्रमिकमा जान्छ। जम्मा ३ करोड रुपैयाँले विपद् प्राधिकरणले के गर्न सक्छ? त्यसै गरीकन हामीसँग दक्ष जनशक्ति छैन। हामीसँग आधुनिक साधनहरू छैनन्। जसले समयमै उद्धार हुन सक्ने अवस्थामा पनि हामीले गर्न सकिरहेका छैनौँ। सरकारले गर्न सकिरहेको छैन।’ 

सचिव भट्टराईले भूकम्पलाई छोडेर बाढी, पहिरो, चट्याङजस्ता प्राकृतिक विपत्तिबाट वार्षिक ५ सय मानिसको अकालमा मृत्यु हुने गरेको भन्दै सरकारले गम्भीरताका साथ व्यवस्थापन गर्नुपर्ने माग पनि राखे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .