ad ad

राजनीति


सरकार मलको अभाव छैन भन्छ, किसानले १० किलो पाएनन् : रास्वपा सांसद परियार

सरकार मलको अभाव छैन भन्छ, किसानले १० किलो पाएनन् : रास्वपा सांसद परियार

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार १२:३५, काठमाडौँ

किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारसँग माग गरेको छ।

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले यस्तो माग राखेका हुन्। 

सरकार मलको अभाव छैन भन्ने गरेको उल्लेख गर्दै किसानले भने १० किलो भन्दा बढी मल पाउने अवस्था समेत नरहेको उनले बताए।

भक्तपुरका कृषि उब्जनी हुने मध्येपुर ठिमी  र बोडे लगायतका किसानहरूले १० किलो भन्दा बढी मल नपाएको बताउँदै उनले बजारमा मल नपाएको भन्दै सरकारले तत्काल मल समयमा किसानलाई उपलब्ध गराउन माग गरे। 

‘सरकार मलको अभाव छैन भन्छ। तर भक्तपुरका किसानहरू १० किलो भन्दा मल पाउज्ञँदैनन्। भक्तपुरको नयाँ ठिमी, बोडे कृषि उब्जनी हुने क्षेत्र छ। तर सरकार मल अभाव छैन भन्छ अर्कोतिर मल पाइँदैन,’ उनले भने।

किसानहरूले कालोबजारीमार्फत मल किन्दा जति पनि पाइने अवस्था रहेको भन्दै परियारको गम्भीर ध्यानाकर्षण गराए।

‘कालोबजारी गरेर मल दिने जति पनि भेटिन्छन्। यो विषयमा सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु। कृषि उत्पादन बढाउनको लागि मलको व्यवस्था गरोस्,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .