ad ad

राजनीति


जसपाको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन

अध्यक्षमा उपेन्द्र यादव निश्चित, अन्य पदमा उम्मेदवारी दर्ता चल्दै
जसपाको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन

नेपालखबर
जेठ ३०, २०८१ बुधबार १०:२६, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। 

जनकपुरमा जारी जसपा एकताको पहिलो अधिवेशनको तेस्रो दिन आज नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए।

‘बिहान साढे ८ बजेदेखि उम्मेदवारी दर्ताको प्रक्रिया चलिरहेको छ,’ उनले नेपालखबरसँग भने, ‘बिहान साढे १० बजेसम्म उम्मेदवारी दर्ताको लागि समय छुट्याइएको छ। मतदान दिउँसो चार बजेदेखि सुरु हुन्छ।’ 

बिहान साढे १० बजेदेखि साढे २ बजेसम्म मनोनयन पत्र फिर्ता लिनका लागि समय दिइएको छ। दिउँसो ३ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ। 

जसपाको अध्यक्षमा उपेन्द्र यादव नै दोहोरिन निश्चित प्राय: छ। अहिलेसम्म जसपामा उपेन्द्रको विकल्पमा नेतृत्व दाबी गर्न कोही अघि सरेको छैन। तर, अध्यक्षबाहेकका अन्य पदमा भने धेरैले आकांक्षा देखाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .